काठमाडौँ, असोज । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रही स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।
जसका कारण देशको पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू- भागमा आंशिक बदली रहने छ ।
बिहीबार दिउँसो कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भू- भागका केही, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू- भागका थोरै स्थानहरूमा तथा बाँकी भू- भागका एक- दुई स्थानमा मेघगर्जन- चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
साथै कोशी र बागमती प्रदेशको पहाडी भू- भागका एक- दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । यसैगरी, आज राति देशको पहाडी भू- भागमा आंशिक बदली रही बाँकी भू- भागमा मौसम मुख्यतया सफा रहने छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू- भागका थोरै स्थानहरूमा तथा देशका बाँकी पहाडी भू- भागको एक- दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।