२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

मतदाता नामावली : राष्ट्रपति पौडेलले गरे अध्यादेश जारी

बुधवार , आश्विन ८, २०८२

 

काठमाडौँ, असोज । राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावलीसम्बन्धी अध्यादेश जारी गरेका छन् । ऐनले दफा ४ ले २१ फागुनमा हुन गइरहेको मतदानमा भाग लिनका लागि योग्य भएका जेन-जी युवाहरूलाई रोकेपछि सरकारले अध्यादेश सिफारिस गरेको थियो ।

अध्यादेश आजै जारी गर्नका लागि पठाइएको थियो । निर्वाचन घोषणा भइसकेपछि पनि केही समय मतदाता नामावली संकलन मिल्ने कानुनी व्यवस्था गर्न अध्यादेश जारी भएको हो ।

मतदाता नामावली ऐन, २०७३ को दफा ४ को उपदफा २ (२) मा निर्वाचनको मिति घोषणा भइसकेपछि सो निर्वाचनको प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गरिने छैन, भनिएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीले नियुक्ति भएकै दिन २७ भदौमा गरेको सिफारिसका आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गर्दै २१ फागुनमा निर्वाचनको मिति घोषणा गरेका थिए ।

निर्वाचन घोषणापछि आन्दोलनबाट परिवर्तन ल्याएका युवा ( जेन- जी) मताधिकारबाट वञ्चित हुने देखिएपछि अध्यादेश ल्याइएको हो ।

विदेशमा रहेका नेपालीलाई पनि मताधिकार दिने कार्यको सुरुवात गर्ने मन्त्री अर्यालको भनाइ थियो । त्यसका लागि अध्ययन टोली गठन भएको छ । निर्वाचन अवधि १२० दिन राख्ने आयोगको अभ्यास छ ।

यस पटक पनि त्यही अनुसार मतदाता नामावली संकलन सकेर अघि बढ्छौं, निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले भने ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार