२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

नेपाली कांग्रेस 

महामन्त्री शर्मा भन्छन : ' भ्रष्टाचारविरुद्ध निर्मम भएर अघि बढ्नुपर्छ'

मंगलवार , आश्विन ७, २०८२

 

काठमाडाैँ, असोज । नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभाका निवर्तमान सदस्य विश्वप्रकाश शर्माले कुशासन र भ्रष्टाचारविरुद्ध निर्मम भएर अघि बढ्नुपर्ने बताएका छन ।

भ्रष्टाचारविरुद्ध अभियान चलाउन र कारबाही गर्नका लागि यसभन्दा अघि पनि आफूले बारम्बार आवाज उठाएको बताउँदै यसमा आफूहरूको सहयोग रहने जनाउँदै यस्तो बताएका हुन ।

मङ्गलबार धुलाबारीस्थित टाउन हलमा कांग्रेस क्षेत्रीय समितिले आयोजना गरेको - ' अबको राजनीति र अबको नेपाल ' विषयक अन्तर संवाद कार्यक्रममा बोल्दै महामन्त्री शर्माले भ्रष्टाचारविरुद्ध संसदमै आफूले फाइल खोल्नु मात्र होइन, फायर गर्नुपर्छ भनेर भनेको स्मरण गरे। अहिलेसम्म बाहिर आएका सबै प्रकरणमा छानबिन गर्नुपर्नेमा उनको जोड रहेको थियो।

जेएनजी समूहले राखेको माग र उठाएका मुद्दा सकारात्मक रहेको उल्लेख गर्दै त्यो भावना अनुसार अघि बढ्नुको विकल्प नरहेको शर्माले बताए ।

पुस्तान्तरणको कुरा अहिले सबैबाट उठेको उल्लेख गर्दै यस विषयमा नेतृत्वले पनि ध्यान पुर्याउनेमा आशावादी रहेको उनको भनाइ रहेको थियो।

आन्दोलनको क्रममा भएको दमन र हत्याको अहिले सर्वत्र विरोध भएको भन्दै यो नहुने काम भएको शर्माले उल्लेख गरे।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार