२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

स्थानीय वायुको प्रभाव : ' देशका केही भागमा मध्यम वर्षा हुने '

मंगलवार , आश्विन ७, २०८२


काठमाडौँ, असोज । हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहेको छ भने स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । मङ्गलबार दिउँसो कोशी प्रदेशलगायत पहाडी भूभागमा साधारणतया मौसम बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ ।

कोशी, मधेशलगायत बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको थोरै स्थानमा तथा बाँकी प्रदेशको पहाडी भूभागका तथा तराईका भूभागका एक- दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएका छ ।

कोशी र बागमती प्रदेशको पहाडी भूभागको एक- दुई स्थानमा भारी वर्षाको सम्भावना छ । बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएका छ ।

कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागको केही स्थान र अन्य प्रदेशका पहाडी भागका केही स्थान तथा बाँकी तराई भागका एक दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ

महाशाखाका अनुसार आज राति देशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार