२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

प्रहरी प्रधान कार्यालय

डीआईजी नेतृत्वमा कार्यदल : ' क्षतिग्रस्त प्रहरी संरचनाको विवरण  लिँदै'

शुक्रवार , आश्विन ३, २०८२

 

काठमाडौँ, असोज । प्रहरी प्रधान कार्यालयले जेन(जीको अगुवाईमा भएको आन्दोलन र त्यसपछिको प्रदर्शनका क्रममा घटनामा क्षति पुगेका प्रहरीका भौतिक संरचनाको क्षति संकलन र मूल्यांकन गर्न डीआईजीको नेतृत्वमा कार्यदल गठन गरेको छ ।

प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले डीआईजी दीपक रेग्मीको नेतृत्वमा कार्यदल गठन गरेका हुन् । जेन- जीको अगुवाईमा भदौ २३ गते भएको आन्दोलन र त्यसपछि भोलिपल्टको प्रदर्शन भड्किएर हिंसात्मक बनेपछि प्रहरीका मात्रै देशभर साढे ४ सय युनिटमा तोडफोड र आगजनी भएको छ ।

प्रदर्शनमा राष्ट्रपति भवन शीतल निवास, प्रधानमन्त्री निवास वालुवाटार, सर्वोच्च अदालत, सिंहदरबार, संघीय संसद् भवन, अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित सरकारी, सार्वजनिक, निजी र व्यावसायिक भवनरप्रतिष्ठानहरु जलाइएको थियो ।

यस क्रममा प्रहरीका मात्रै काठमाडौं उपत्यका प्रहरी कार्यालय, उपत्यका अपराध अनुसन्धान कार्यालय, उपत्यका ट्राफिक प्रहरी कार्यालयसहित प्रहरीका ब्यारेक र कार्यालयसहित १९७ युनिट पूर्ण रुपमा जलेर खरानी भएका छन् भने २५८ युनिटमा आंशिक क्षति भएको छ ।

लुटपाट र आगजनीपछि सुरक्षा सामाग्री पनि लुटिएका छन् । यसमध्ये देशभरबाट विभिन्न क्यालिभरका ११ सय नाल घातक हतियार पनि लुटिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार