२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

देशभरको मौसम आज  

जलवाष्पयुक्त हावाको प्रभाव : ' देशका केही भागमा भारी वर्षा हुने'

बुधवार , आश्विन १, २०८२

 

काठमाडौँ, असोज । नेपालमा हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार, अरब सागर र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव पनि देशमा परेको छ।

आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। बागमती र लुम्बिनी प्रदेशका पहाडी भू-भागका केही स्थानमा र बाँकी भू(भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ।

कोशी, बागमती, र कर्णाली प्रदेशका पहाडी भू-भाग र लुम्बिनी प्रदेशका तराईका भू- भागका एक- दुई स्थानमा भने भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

आज राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा बदली रहनेछ। मधेश प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ।

यसैगरी, मधेश प्रदेश, कोशी प्रदेश र बागमती प्रदेशको पहाडी भू- भागका एक- दुई स्थानमा भारी वर्षा को सम्भावना रहेको छ। महाशाखाले भारी वर्षाका कारण पहिरो र गेग्रान बहावको जोखिम बढ्न सक्ने चेतावनी दिएको छ।

साथै, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकाले यातायात प्रभावित हुन सक्ने भन्दै सबैलाई सतर्क रहन र पूर्वतयारी गर्न अनुरोध गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार