२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

जेन-जी आन्दोलन

सरकारको घोषणा : 'मृतकलाई सहिद र परिवारलाई १० लाख दिने '

आइतवार , भाद्र २९, २०८२

 

काठमाडौँ, भदौ । सरकारले भदै २३ र २४ गते जेनजी आन्दोलनमा क्रममा मृत्यु भएकालाई शहिद घोषणा गर्ने निर्णय गरेको छ ।

मुख्यसचिव एकनारायण अर्यालले प्रधानमन्त्री सुशीला कार्कीले पदभार समाल्दै भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा मृत्यु भएकालाई शहिद घोषणा गर्ने निर्णय गरेको जानकारी दिए ।

साथै प्रत्येक सहिदका परिवारलाई १० लाख रुपियाँ राहत उपलब्ध गराउने र घाइतेको निःशुल्क उपचार गराउने निर्णय गरेको मुख्यसचिव अर्यालको भनाइ छ ।

मुख्यसचिव अर्यालका अनुसार प्रदर्शनका क्रममा प्रदर्शनकारी ५९, कैदीबन्दी १० र सुरक्षाकर्मी तीन जना गरी मृत्यु हुनेको सङ्ख्या ७२ पुगेको छ ।

१३४ जना प्रदर्शनकारी, प्रहरी ५७ गरी १९१ जना घाइते विभिन्न अस्पतालमा उपचाररत छन् । - गोरखापत्रबाट

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार