२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

प्रधानमन्त्री कार्कीलाई भारतको शुभकामना

प्रधानमन्त्री मोदीले भने : ' नेपालको समृद्धिप्रति भारत प्रतिबद्ध छ '

शनिवार , भाद्र २८, २०८२

 

काठमाडौँ, भदौ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको समृद्धिप्रति भारत प्रतिबद्ध रहेको बताउँदै अन्तरिम सरकारको प्रधानमन्त्री हुनुभएकोमा श्रीमती सुशीला कार्कीमा हार्दिक शुभकामना व्यक्त गरेका छन ।

सामाजिक सञ्जाल एक्समार्फत प्रधानमन्त्री कार्कीले कार्यभार सम्हाल्नुभएकामा शुभकामना व्यक्त गर्दै भारतका प्रधानमन्त्रीले नेपालको समृद्धिप्रति भारत प्रतिबद्ध रहेको बताएका हुन ।

एक्समा भारतका प्रधानमन्त्रीले लेखेका छन, “नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीका रूपमा पदभार ग्रहण गर्नुभएकामा सम्माननीय श्रीमती सुशीला कार्कीज्यूलाई हार्दिक शुभकामना ।

नेपालका दाजुभाइ तथा दिदीबहिनीहरूको शान्ति, प्रगति र समृद्धिप्रति भारत पूर्ण रूपमा प्रतिबद्ध छ । रासस

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार