२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

नेपालमा नयाँ अन्तरिम सरकार गठन - ' महत्त्वपूर्ण कदम ' : बेलायत

शनिवार , भाद्र २८, २०८२

 

काठमाडौँ, भदौ । जेन - जे को आन्दोलनपछि भएको परिवर्तनपछि नेपालमा भएको घट्नापछि संयुक्त अधिराज्य बेलायतले सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्तको विषय महत्त्वपूर्ण कदम भएको जनाएको छ ।

पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले शुक्रवार अन्तरिम प्रधानमन्त्रीको जिम्मेवारी सम्हाले लगत्तै यहाँस्थित बेलायती दूतावासले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो प्रतिक्रिया दिएको हो।

बेलायतले सबैभन्दा पुरानो मित्रको रूपमा आगामी चुनौतीहरूलाई स्वीकार गर्दै जबाफदेहिता र समावेशी शासनका लागि नेपाली आकाङ्क्षालाई समर्थन गर्ने जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार