२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

जेन- जी आन्दोलन : ' मृत्यु हुनेको संख्या ५१ पुग्यो '

शुक्रवार , भाद्र २७, २०८२

काठमाडौँ, भदौ ।   जेन- जी आन्दोलनका कारण मृत्यु हुनेको संख्या ५१ पुगेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेले मृतकको संख्या ५१ पुगेको जानकारी दिए ।

मृतकमा २१ जना जेन- जी हुन् भने बाँकी अन्य हुन् । जसमा ३ जना सुरक्षाकर्मी पनि रहेका छन् । कैदीबन्दी ९ जना रहेका छन् भने बाँकी १८ जलेर वा अन्य कारणले मृत्यु भएका हुन् ।

दुई सय ८१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । आन्दोलनका क्रममा १ हजार ७७१ जना घाइते भएका थिए । १ हजार ३७९ जना अस्पतालबाट डिस्चार्ज भैसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार