२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

देशभरको मौसम : 'केही भागमा मध्यम र भारी वर्षा हुने '

शुक्रवार , भाद्र २७, २०८२

 

काठमाडौँ, भदौ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित छ । विभागका अनुसार आज देशभर साधारणतया बदली रहनेछ ।

शुक्रबार दिउँसो कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भू- भागलगायत लुम्बिनी र सूदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी भू-भागका थोेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

साथै कोशी र गण्डकी प्रदेशको पहाडी, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू- भागका एक- दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । विभागका अनुसार आज राति देशभर साधारणतया बदली रहनेछ ।

कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी पहाड र तराई भू-भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी प्रदेश र मधेस प्रदेशलगायत बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू- भागका एक- दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार