२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

देउवा दम्पतीको स्वास्थ्य अवस्था सामान्य  :  नेपाली सेना

बिहिवार , भाद्र २६, २०८२

 

काठमाडौँ, भदौ । देउवा दम्पतीको स्वास्थ्य अवस्था सामान्य रहेको नेपाली सेनाले जनाएको छ । 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र निवर्तमान परराष्ट्रमन्त्री आरजु राणा देउवाको स्वास्थ्य अवस्था सामान्य रहेको नेपाली सेनाका एक अधिकृतले जानकारी दिएका छन ।  

अधिकृतका अनुसार उनीहरू दुवैको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ ।   मङ्गलबार भएको जेनजी पुस्ताको प्रदर्शनका क्रममा उनीहरूमाथि आक्रमण हुँदा देउवा दम्पती घाइते भएका छन ।  

उनीहरूलाई नेपाली सेनाले उद्धार गरी सुरक्षित ठाउँमा लगेको थियो । देउवा दम्पती अहिले सेनाको सुरक्षामा रहेका छन ।  

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार