२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

नेपाली सेना : बिहीबार बिहान ६ बजेसम्म देशभर कर्फ्यु आदेश 

बुधवार , भाद्र २५, २०८२

 

काठमाडौँ, भदौ । देशभर कर्फ्यु लागेको छ । नेपाली सेनाले देशभर कर्फ्यु लगाएको हो । सेनाले शान्ति सुरक्षा अवस्थालाई मध्यनजर गरी कर्फ्यु आदेश जारी भएको जनाएको छ । सेनाले बिहीबार बिहान ६ बजेसम्म कर्फ्यु लगाइने जनाएको छ ।

सेनाले आन्दोलनको नाममा विभिन्न अराजक व्यक्ति र समूहको घुसपैठ जारी भएको भन्दै कर्फ्यु लगाउनु परेको जनाएको छ ।

 सेनाले अपराधजन्य गतिविधि हुन सक्ने भन्दै सहकार्यका लागि सबैलाई आह्वानसमेत गरेको छ ।

आन्दोलनको नाममा हुने कुनै पनि प्रदर्शन, तोडफोट, लुटपाट, आगजनी, व्यक्ति तथा सम्पत्ति लक्षित आक्रमणहरुलाई दण्डनीय अपराधका रुपमा लिई सुरक्षाकर्मीबाट कडा कारबाही हुने नेपाली सेनाले चेतावनी दिएको छ ।

सेनाले राष्ट्रिय एकता र सामाजिक सद्भावलाई कायम राख्दै जनजीवन सामान्य बनाइराख्ने दायित्वलाई निरन्तरता दिने विश्वाससमेत लिएको छ । 

सम्बन्धित पक्षसँग वार्ताको पहलसमेत भइरहेको सेनाले जनाएको छ ।

army-82-5-25.jpg
undefined

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार