२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

अमेरिकाले नेपाललाई दियो दुई स्काइ ट्रक

नेपाल अमेरिका सम्बन्ध - ' विश्वासमा आधारित र दिगो' : परराष्ट्रमन्त्री डा. राणा

बिहिवार , भाद्र १९, २०८२

 

काठमाडौँ, भदौ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल र अमेरिका सम्बन्ध विश्वासमा आधारित एवम् दिगो र ऐतिहासिक रही आएको बताएकी छन ।

संयुक्तराज्य अमेरिकाले नेपाली सेनालाई उपलब्ध गराएको दुई वटा स्काइ ट्रक (हेलिकोप्टर) हस्तान्तरण गर्न आज यहाँ आयोजित सामारोहमा मन्त्री डा. राणाले सो कुरा बताएकी हुन ।

उनले थपिन्, उक्त सहयोग नेपाल र अमेरिकाबीचको दिगो मित्रता र सहकार्यको प्रतीक हुन । अमेरिका प्रजातान्त्रिक शासन प्रणालीको सुदृढीकरण, मानवतावादी सहयोग, विपद् व्यवस्थापन, शान्ति स्थापना तथा क्षमता विकासमा नेपालको एक विकास साझेदार र भरपर्दो मित्र रहेको पनि उनले बताईन ।

उनले अमेरिकासँगको नेपालको मित्रता र सहकार्य सधैँ शान्ति, स्थायित्व र मानव सेवाको उद्देश्यमा समर्पित रहेको बताउँदै उनले भनिन्, नेपाललाई गर्दै आएको निरन्तर सहयोगका लागि अमेरिकी सरकार र अमेरिकी जनतालाई धन्यवाद दिनुपर्छ ।

मन्त्री डा. राणाले निरन्तर समर्पण र अनुशासनका साथै राष्ट्रियता, विश्व शान्ति र सुरक्षाप्रति अटूट प्रतिबद्धता प्रदर्शन गर्दै आएकामा नेपाली सेनाको प्रशंसा गरेकी छन ।

त्यस समारोहमा परराष्ट्र मन्त्री डा. राणा, रक्षामन्त्री मानवीर राई र प्रधान सेनापति अशोकराज सिग्देललाई अमेरिकी राजदूत डिन आर थम्पसनले ती स्काइ ट्रक हस्तान्तरण गरेका हुन । स्काइ ट्रक विपद् र उद्धारका क्रममा सेवा दिन र एयर एम्बुलेन्सको रूपमा पनि प्रयोग गर्न सकिनेछ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार