२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

देशभरको मौसम आज  

मौसम साधारणतया बदली रहने : ' यी प्रदेशमा हल्कादेखि मध्यम बर्षा हुने '

मंगलवार , भाद्र १७, २०८२

 

काठमाडौँ, भदौ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भू- भागमा आंशिक बदली रहेको छ । मङ्गलबार सुदूरपश्चिम प्रदेशको केही स्थानहरूमा र कोशी, बागमती, गण्डकी प्रदेश, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

देशभर साधारणतया बदली रहनेछ । कोशी, मधेश, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा र बाँकी पहाडी र तराई भू- भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार