२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

'कांग्रेस हरेक क्षेत्रका नागरिकको विश्वासको केन्द्र ' : सभापति देउवा

शुक्रवार , श्रावण ३०, २०८२

 

पाटन (ललितपुर), साउन । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस सबै जातजाति, भाषाभाषी एवं हरेक क्षेत्रका नागरिकको विश्वासको केन्द्र भएको बताएका छन ।

पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज आयोजित नेपाल राष्ट्रिय मगर सङ्घको तेस्रो राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा सभापति देउवाले नेपाली कांग्रेस आफ्नो आर्दश, मूल्य र मान्यताअनुरुप राष्ट्रियता, लोकतन्त्र, समाजवादप्रति प्रतिबद्ध रहँदै आदिवासी जनजाति, दलित, महिला, मुस्लिम, पिछडिएको क्षेत्र एवं वर्गको सशक्तीकरणका लागि निरन्तर क्रियाशील रहेको बताएका हुन ।

देशको तेस्रो ठूलो जनसङ्ख्या भएको मगर जाति आदिवासी जनजाति समुदाय अन्तर्गतको पनि सबैभन्दा ठूलो सङ्ख्यामा रहेको जाति हो, मगर समुदायलाई नेपाली कांग्रेससँग जोड्न तत्कालीन सभापति स्व गिरिजाप्रसाद कोइरालाले लोकतन्त्रवादी मगरलाई सङ्गठित बनाउन बलियो भ्रातृ संस्थाको आवश्यकतालाई महसुस गर्दै २०६४ सालमा नेपाल राष्ट्रिय मगर सङ्घ गठन गरिएको थियो, सभापति देउवाले बताए ।

उनले नेपाल राष्ट्रिय मगर सङ्घले पार्टीका अन्य संस्थाभन्दा पहिले सङ्घीयता अनुरूप साङ्गठनिक संरचना निर्माण गरी दोस्रो महाधिवेशन गरेको विषय आफ्ना मेरो स्मरणमा रहेको उनको भनाइ थियो ।

नेपाली कांग्रेसको नीति, विचार र सिद्धान्तलाई मगर समुदायमा पुयाउन तथा मगर समुदायको आवाजलाई नेपाली कांग्रेसको आवाज बनाउन सङ्घले अझ बढी जिम्मेवारी निर्वाह गर्नुपर्ने आवश्यकता छ ।

उनले भने, 'नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको नेतृत्वमा बनेको प्रथम जननिर्वाचित सरकारले विसं २०१६ को बजेटमा पहिलो पटक क्षेत्रीय भाषालाई प्राथमिकता दिँदै प्राथमिक तहसम्म अध्ययन अध्यापनका लागि आवश्यक बजेट विनियोजन गरेर विभिन्न मातृभाषाको संरक्षण र सम्वद्र्धनको सुरुआत गर्नुभएको थियोे ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार