२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

नागढुंगा सुरुङमार्ग : उपभोग शुल्क तोक्याे -' कुन गाडीले कति तिर्नुपर्छ ?

बिहिवार , श्रावण २९, २०८२

 

काठमाडौँ, साउन । सरकारले बहुप्रतीक्षित नागढुंगा सुरुङमार्ग प्रयोग शुल्क तोकेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नागढुंगा सुरुङमार्गको उपभोग दस्तुर तोक्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले जानकारी दिए ।

नागढुंगा - सिस्ने खोला सुरुङमार्ग आगामी पुसदेखि सञ्चालनमा आउँदै छ । यो नेपालकै पहिलो सडक सुरुङमार्ग हो । अहिले यसको निर्माण अन्तिम चरणमा पुगेको छ । निर्माण अवधि आगामी कात्तिकसम्म छ ।

ठेक्का लिने निकायले भने दसैंसम्म सबै काम सक्ने दाबी गर्दै आएको छ । ठेक्का प्रक्रियाबाट सुरुङ सञ्चालन गर्ने निकाय छनोट गरेपछि यो सञ्चालनमा आउनेछ ।

कुन गाडीले कति पैसा तिर्नुपर्छ ?


कार, भ्यान - काठमाडौं आउँदा रु. ६५, जाँदा रु ६०

मिनीबस र मिनीट्रक : काठमाडौं आउँदा रु ११५, जाँदा रु. ८०

बस - ट्रक - काठमाडौं आउँदा रु. २६०, जाँदा रु. २००

भारी उपकरण - काठमाडौं आउँदा रु. ६००, जाँदा रु. २५०

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार