२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

सङ्घीय संसद् : ' चार संसदीय समितिको बैठक आज बस्ने '

सोमवार , श्रावण २६, २०८२

 

काठमाडौँ, साउन । सङ्घीय संसद्का विभिन्न चार समितिको बैठक आज बस्ने भएको छ । निर्धारित कार्यतालिका अनुसार, आज अर्थ समिति, कानुन, न्याय तथा मानवअधिकार समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्ने जनाइएको छ ।

अर्थ समितिको बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल गर्ने कार्यसूची छ ।

कानुन, न्याय तथा मानवअधिकार समितिमा नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ को दफावार छलफल गर्ने कार्यक्रम छ ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा हिन्द कुश हिमालयन पार्लियामेन्टस् मिट २०२५का सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।

त्यसैगरी विधायन व्यवस्थापन समितिको बैठकमा नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ उपर सैद्धान्तिक छलफल गर्ने कार्यसूची छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार