२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

देशभरको मौसम : ' तराईलगायत देशका विभिन्न स्थानमा बर्षा हुने'

सोमवार , श्रावण २६, २०८२

 

काठमाडौँ, साउन । सोमबार देशभर साधारणतया बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ ।

जसका कारण देशका पहाडी भू-भागका धेरै स्थानहरूमा र मधेश प्रदेश लगायत देशका बाँकी तराई भू-भागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । यसैगरी, कोशी, बागमती, गण्डकीको पहाडी भू–भाग र लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईको भू-भागको एक- दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

त्यस्तै, आज राति पनि देशभर साधारणतया बदली रहने महाशाखाद्वारा जारी बुलेटिनमा उल्लेख छ । मधेश प्रदेश लगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भू- भागकाका धेरै स्थानहरूमा र बाँकी प्रदेशको पहाडी र तराई भू- भागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी प्रदेशको पहाडी भू- भाग तथा मधेश प्रदेश लगायत कोशी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको तराईको भू-भागको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू- भागको एक- दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार