२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

संविधान र लोकतान्त्रिक प्रणाली नमान्नेले - ' संसद्मा अवरोध गरे '

'लोकतान्त्रिक प्रणाली गलत  होइन, यसको कार्यान्वयन प्रक्रियामा गलत प्रवृत्ति देखियो' : प्रधानमन्त्री ओली

आइतवार , श्रावण १८, २०८२

 

काठमाडौँ, साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान र लोकतान्त्रिक प्रणाली नमान्नेहरुले संसद्मा अवरोध गरिरहेको बताएका छन् । पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठद्वारा लिखित लोकतन्त्र र जनअभिमतः नेपालको निर्वाचन इतिहास' पुस्तकको आज लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

प्रतिनिधिसभाका बैठकहरूमा राष्ट्रिय स्वतन्त्र पार्टीको लगातारको अवरोध र बहिष्कारलाई सङ्केत गर्दै संविधान र कानुनभित्र रहेर स्वतन्त्रपूर्वक आफ्ना कुरा राख्न पाएको अवस्थामा पनि व्यवस्थाभित्रै छिरेर व्यवस्थाविरुद्ध आगो लगाउन खोज्ने प्रवृत्ति गलत भएको उनले टिप्पणी गरेका हुन् ।

प्रधानमन्त्री ओलीले लोकतान्त्रिक प्रणाली आफैंमा गलत नभएको तर यसलाई कार्यान्वयन गर्ने प्रक्रियाका सन्दर्भमा कतिपय गलत प्रवृत्ति रहेकाले प्रक्रियामा देखिएका कमीकमजोरी सुधार्नुपर्नेमा जोड 'लोकतान्त्रिक प्रणालीमा सरकार जिम्मेवार हुन्छ र जनताप्रति उत्तरदायी हुन्छ ।

यस प्रणालीमा सरकार शासक हुँदैन, व्यवस्थापक र सेवक मात्रै हुन्छ,' प्रधानमन्त्री ओलीले भने, 'हाम्रो ध्येय सुशासन र समृद्धि हो ।' कोही पनि अराजक भएनन् भने सरकारले कानुन लगाइरहन पर्दैन । अराजकता देखिएमा त्यसलाई कानुनले आफ्नो बाटो लिनुपर्ने हुन्छ ।'

प्रधानमन्त्री ओलीले नेपालको निर्वाचन प्रणाली खर्चिलो भएको र उम्मेदवारहरूले सीमाभन्दा बढी खर्च गर्ने गरेको सन्दर्भमा वक्ताहरूले गरेका टिप्पणीको प्रतिवाद गर्दै प्रधानमन्त्री ओलीले आफ्नो अनुभवमा त्यस्तो नभएको स्पष्ट पारे ।

आफू विगतमा गृहमन्त्री र प्रधानमन्त्री हुँदा पनि स्वच्छ निर्वाचन व्यवस्थापनका लागि निर्वाचन आयोगलगायत निकायलाई कुनै हस्तक्षेप नगरेको ओलीको दाबी छ । कार्यक्रममा प्रा। विपिन अधिकारी, मोहना अन्सारी र गोपालकृष्ण शिवाकोटीले समीक्षा गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार