२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

भोटेकोसीमा भीषण बाढी

त्रिशूलीको जलसतह ह्वात्तै बढ्यो : " तटीय क्षेत्रमा सतर्क रहन आग्रह "

बुधवार , श्रावण १४, २०८२

 

त्रिशूली (नुवाकोट), साउन । आज बिहान ३ः०० बजेदेखि भोटेकोसीमा भीषण बाढी आएको छ । बाढीका कारण त्रिशूलीको जलसतह ह्वात्तै बढेको छ । रसुवा र नुवाकाटका स्थानीय प्रशासनले सतर्क रहन तटीय क्षेत्रका सर्वसाधारणलाई अनुरोध गरेको छ ।

नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईका अनुसार बाढीले जिल्लाको पैरेबेँसी, वेत्रावती, त्रिशूली, देवीघाटलगायत स्थानमा कटान गरेको छ ।

बाढी बस्तीतर्फ पनि पस्ने सक्ने भएकाले सुरक्षित रहन प्रशासनले आग्रह गरेको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जवानले माइकिङ गरेर नदी आसपासमा भएका घरपरिवारका सदस्यलाई सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन् ।

बाढीले नुवाकोटको किस्पाङ गाउँपालिका -५ स्थित त्रिशूली- काठमाडौँ प्रसारण लाइनको स्टेशनमा क्षति भएको छ । रासस

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार