२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

देशभरकाे माैसम : मनसुनी वायुको प्रभाव कमजोर

शुक्रवार , श्रावण ९, २०८२

 

काठमाडौँ, साउन । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ ।

बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू- भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक- दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । त्यसैगरी, आज राति कोशी प्रदेशलगायत देशका पहाडी भू- भागमा साधारणतया बदली रही बाँकी भू- भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।

कोशी प्रदेशको केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोशी प्रदेशको तराई र मधेस प्रदेशका केही स्थानमा हावाहुरी चल्ने सम्भावना रहेको महाशाखाद्वारा प्रकाशित मौसमसम्बन्धी बुलेटिनमा उल्लेख छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार