२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

सरकारका गुण र दोषको जिम्मेवार - ' कांग्रेस र एमाले दुवै ' : नेता सिटौला

बुधवार , आषाढ ३२, २०८२

 

काठमाडौँ, असार । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सरकारले गरेका राम्रा र नराम्रा कामको सम्पूर्ण जिम्मेवारी सरकारमा रहेका दुवै राजनीतिक दलले लिनुपर्ने बताएका छन् ।

काठमाडौंमा बुधबार आयोजित कार्यक्रममा सिटौलाले गठबन्धन सरकारले पछिल्लो एक वर्षमा गरेका सम्पूर्ण कामको जिम्मेवारी एमाले र कांग्रेसले संयुक्त रुपमा लिनुपर्ने बताएका हुन् ।

सिटौलाले सरकारले राम्रा काम पनि गरेको र सबै काम गर्न नसकेको अवस्था रहेको भन्दै सरकारले गरेका गुण र दोष कांग्रेस र एमाले दुवै राजनीतिक दलहरूले लिनुपर्ने उल्लेख गरे । अहिले देशमा कांग्रेस र एमालेको सरकार छ ।

एमालेको अध्यक्ष प्रधानमन्त्री हुनुहुन्छ । शिक्षा मन्त्रालय एमालेकै साथीहरूले सम्हाल्नुभएको छ । यो सरकारका गुण, दोषको सबै जिम्मेवारी हामी दुवै पार्टीले लिनुपर्छ,' उनले भने, 'हामीले केही राम्रा काम गरेका छौँ, सरकारमार्फत ।

'केही गर्न सकेका छैनौँ । गर्दै गरेका छैनौँ त्यो पनि होइन, सबै गरेका छौँ त्यो पनि होइन । जनताका लागि हामीले नै काम गर्ने हो ।' 'शिक्षाको विकासमा तीन तहकै सरकारको विशेष जिम्मेवारी रहेको सिटौलाको भनाइ थियो ।'

तीनवटा तह मिलेर नै शिक्षामा देखिएका समस्या समाधान गर्नका लागि जिम्मेवार बन्नुपर्ने उनले बताए । उनले प्रतिनिधिसभा अन्तर्गतको समितिमा विचाराधीन विद्यालय शिक्षा विधेयक छिटो टुंग्याउनुपर्ने पनि बताए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार