२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

' अहिलेको गठबन्धन सरकारको विकल्प छैन ' : उपप्रधानमन्त्री सिंह

' यही सरकारबाट राम्रो काम गर्ने प्रयास गरौँ '

आइतवार , आषाढ २२, २०८२

 

काठमाडौँ, असार । नेपाली कांग्रेसका नेता तथा उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले अहिलेको गठबन्धनको विकल्प नरहेको बताएका छन ।

उपप्रधानमन्त्री सिंहले भने, यही सरकारबाट जनताका अपेक्षा र आशाहरू पूरा गर्ने गरी काम गर्नुपर्ने पनि बताए । कांग्रेसका तर्फबाट नेतृत्व गर्दै सरकारमा सहभागी नेता सिंहले आइतबार केन्द्रीय कार्यसमितिको बैठकमा धारणा राख्दै यस्तो बताएका हुन्।

उनले  सरकारका काम कारबाही, बजेट लगायतका विषयमा बैठकमा जानकारी गराएका थिए भने सरकारमा कांग्रेसका तर्फबाट र आफूले आफ्नो मन्त्रालयबाट गरेका नीतिगत सुधारका विषयमा समेत जानकारी गराएका थिए।

उनले सरकारले जनताको चाहनाअनुसार नै काम गरिरहेको भन्दै यही गठबन्धनलाई अगाडि बढाउनुपर्ने बताए। ' जनताको चाहना पूरा गर्न राजनीतिक स्थिरता जरूरी छ।

राजनीतिक स्थिरताविना आर्थिक समृद्धि र विकासको जनचाहना पूरा हुन सम्भव नै छैन,' उनले भने, ' हाम्रो सभापतिजीले राजनीतिक स्थिरताका लागि ७ बुँदे सहमति गरेर जुन गठबन्धन बनेको छ। त्यसलाई नै अगाडि बढाउनुपर्छ। अहिलेलाई यसको विकल्प छैन। '

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार