काठमाडौँ, असार । एकीकृत समाजवादीका सांसद वेदुराम भुसालले प्रतिनिधिसभाबाट पारित भइ राष्ट्रिय सभामा पुगेको संघीय निजामती सेवा सम्बन्धी विधेयकको प्रतिवेदन प्राप्त नभएको बताएका छन् ।
प्रतिनिधिसभामा विवादमा रहेको उक्त विधेयक गायब पार्न खोजिएको हो कि भन्ने आशंका रहेको पनि भुसालले बताए ।
राष्ट्रिय सभाको शुक्रबारको बैठकमा सांसद भुसालले राष्ट्रिय सभामा टेबुल भइसकेको विधेयकको प्रतिवेदन सांसदहरूलाई वितरण नगरिएको बताए ।
विधेयकको प्रतिवेदन राज्य व्यवस्था तथा सुशासन समितिको निर्णय अनुसार नबनेको विषयमा गम्भीर विवाद उठेकाले राष्ट्रिय सभा सदस्यहरूलाई वितरण नगरिएकोमा उनले आपत्ति जनाएका हुन् ।
प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको संघीय निजामती सेवासम्बन्धी विधेयक १८ असारमा यो सदनमा प्रस्तुत भएको थियो ।
तर आजसम्म पनि त्यस विधेयकको प्रतिवेदन हामीलाई वितरण गरिएको छैन,' भुसालले भने, 'यो प्रतिवेदन नै राज्य व्यवस्था तथा सुशासन समितिको निर्णयअनुसार बनेन भनेर गम्भीर रुपमा विवाद उठेको छ । '
यो अवस्थामा हामीलाई प्रतिनिधिसभाबाट सन्देशसहित आएको विधेयकको प्रतिवेदन किन वितरण गरिएको छैन रु यसले अर्को आशंका जन्माएको छ । विधेयक गायब पार्न खोजिएको हो कि भन्ने शंका छ ।
निजामती सेवाका र सरकारी कर्मचारीलाई अवकाश वा राजीनामा पछि कुनै पनि संवैधानिक, सरकारी र कूटनीतिक लगायतका नियुक्ति २ वर्षसम्म लिन नमिल्ने व्यवस्था राज्यव्यवस्था समितिले गरेको थियो ।
सर्वसम्मतिले राखेको उक्त व्यवस्था निष्प्रभावी पार्ने गरी अर्को व्यवस्था कायमै राखिएकोमा विवाद भइरहेको छ । - कान्तीपुबाट