२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

काठमाडौं - तराई फास्ट ट्र्याक

रक्षामन्त्री राईले संसदमा भने : ' फास्ट ट्र्याकको काम ४१ प्रतिशत सकियो '

सोमवार , आषाढ ९, २०८२

 

काठमाडौँ, असार । रक्षामन्त्री मानवीर राईले नेपाली सेनाले कार्यान्वयन गरिरहेको काठमाडौं - तराई मधेस द्रुत मार्ग (फास्ट ट्र्याक) को प्रगति ४१ प्रतिशत पुगेको जानकारी दिएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा मन्त्रालयको विनियोजन विधेयकमाथि सांसदले छलफलमा उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री राईले उक्त जवाफ दिएका हुन् ।

उपत्यका बाहेक तराईका जिल्लाहरूमा द्रुत मार्गका लागि जग्गा लिने प्रक्रिया सकिएको उल्लेख गर्दै मन्त्री राईले अबको केही महिनाभित्रै उल्लेख्य प्रगति हुने बताए ।

काठमाडौं - तराई मधेस जाने फास्ट ट्र्याकको लगभग ४१ प्रतिशत काम सकिएको छ । सम्भवतः अबको केही महिनाभित्र त्यसको उल्लेख्य प्रगतिमा हा यसका सबै प्रक्रियाहरू समाप्त भएको छ,ु उनले भने, 'त्यसैले अब जमिनको बारेमा विवाद आउला भन्ने कुरा समाप्त भएको छ ।'

सरकारले २०७४ सालमा नेपाली सेनाको जिम्मा लगाएको द्रुत मार्ग ८ वर्षमा ४१ प्रतिशत मात्र प्रगति रहेको छ । त्यस्तै, जलविद्युत निर्माण सेनाले नगर्ने तर जलविद्युतको सुरक्षा भने दिने मन्त्री राईले जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार