२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

प्रतिनिधिसभा बैठक : रास्वपाको अबरोध - ' बिहीबारसम्मका लागि स्थगित '

मंगलवार , आषाढ ३, २०८२

 

काठमाडौँ, असार । प्रतिनिधिसभाको बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ । सभामुख देवराज घिमिरेले सूचना टाँस गर्न लगाएर बिहीबार ११ बजे सम्मका लागि प्रतिनिधिसभाको बैठक स्थगित गरेका हुन् ।

प्रतिनिधिसभामा भिजिट भिसा र अध्यागमनमा भएको अनियमितताको विषयमा छानबिन गर्नका लागि संसदीय समिति वा न्यायिक आयोग गठनको माग गर्दै रास्वपाले वेल घेराउ गर्दै आएको छ ।

मंगलबारको बैठकमा पनि रास्वपाल वेल घेराउ गरेपछि सूचना टाँस गरेर स्थगित गरिएको हो ।

सभामुख घिमिरेले राजनीतिक दलहरूलाई संसद्को अवरोध हटाउनका लागि सहमति गर्न भनेर बैठक बिहीबारसम्मका लागि स्थगित गरेको संसद् सचिवालयले जानकारी दिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार