काठमाडौँ, जेठ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले जनताको अधिकार सुनिश्चित गर्न संविधान संशोधन गर्नुपर्ने बताएका छन् ।
दोलखाको चरिकोटमा शनिबारदेखि सुरु बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्धघाटन गर्दै नेता सिटौलाले सबै दलको सहमतिमा संविधान संशोधन भएरै छाड्ने दाबी गरे ।
देशको हितका लागि सबै दल एकजुट हुनपर्ने बेला आएको छ, उनले भने, दलहरुमा प्रतिस्पर्धा हुनु स्वाभाविक हो, तर जनतको अधिकार सुनिश्चित गर्न सबै एक टाउँमा आउनुपर्छ ।
देशको अर्थतन्त्र अझै सुधार हुन नसकेको उनले बताए । सीमित स्रोत, साधन परिचालन गरेर पनि जनताको माग सम्बोधन हुनुपर्नेमा उनले जोड दिए ।
शनिबारै नेता सिटौलाले कांग्रेस दोलखाको पार्टी कार्यालय बीपी प्रतिष्ठानको नयाँ बन्ने भवनको शिलान्यास गरेका छन् ।
बागमती प्रदेशको खेलकुद बजेट दोब्बरले बढ्छ : मन्त्री काफ्ले
बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले प्रदेशको खेलकुद बजेट दोब्बरले बढ्ने बताएका छन् ।
चरिकोटमा शनिबारदेखि सुरु बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री काफ्लेले प्रदेश सरकारले खेलकुदमा लगानी बढाउने बताएका हुन् ।
बागमती प्रदेश सरकारले गएको वर्षभन्दा दोब्बर लगानी खेलकुदमा गर्नेगरी बजेटको तयारी गरेको छ, उनले भने, म अरु केही बोल्दिनँ तर प्रदेश सरकारले यो पटक खेलकुदमा गएको वर्षभन्दा दोब्बर बजेट बढाउने प्रतिबद्धता गर्छु ।