२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

राष्ट्रिय गौरवको आयोजना

अध्यक्ष दाहालले भने : बुढीगण्डकी -' राजनीतिक समझदारी गरेर अघि बढाऔँ '

मंगलवार , जेठ १४, २०८२

 

काठमाडौँ, जेठ । नेकपा ( माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले बुढीगण्डकी आयोजनामा सर्वपक्षीय राजनीतिक समझदारी आवश्यक रहेको बताएका छन् ।

मंगलबार सहिद लखन गाउँपालिकाको नवनिर्मित गाउँपालिका भवनको उद्घाटन गर्दै दाहालले राष्ट्रिय गौरवको रूपमा रहेको बुढीगण्डकी आयोजना बन्ने र बनाइनै पर्ने बताए ।

बुढीगण्डकी बन्छ र बनाइनै पर्छ, म प्रधानमन्त्री भएको बेला बुढीगण्डकीको सम्पर्क कार्यालय उद्घाटन गरेको थिए, उनले भने, ' बुढीगण्डकीको मोडालिटी निश्चित गर्न सिंहदरबारमा यति धेरै बैठक भए, मोडालिटीको सन्दर्भमा, आर्थिक संकलन गर्ने विषयमा सम्बन्धित बैठकहरू भए। '

बुढीगण्डकी बहुआयामिक रहेको र राष्ट्रिय गौरवको आयोजना भएकाले राजनीतिक समझदारी आवश्यक रहेको उनले बताए । आयोजनाबाट प्रभावितलाई धेरै पीडा छ, यो बुढीगण्डकी आयोजना अघि बढाउन लगातार पहल भइरहेको छ, उनले उल्लेख गरे ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार