२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

बाढीले डाइभर्सन बगाउँदा कान्तिलोकपथ अवरुद्ध

सोमवार , जेठ ६, २०८२

बागमती,जेठ। हेटौँडा,;काठमाडौंँ जोड्ने कान्तिलोकपथ अवरुद्ध भएको छ । वर्षासँगै आएको बाढीले कान्तिलोकपथमा पर्ने बागमती पुल (बगुवा खोला) मा बनाइएको डाइभर्सन बगाएपछि सो सडक बिहानैदेखि अवरुद्ध भएको हो ।

वर्षासँगै खोलामा पानीको बहाव एक्कासि बढ्न गई डाइभर्सनमा प्रयोग भएका ह्युमपाइप बगाउँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । डाइभर्सन मर्मत गरी अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार