२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

प्रतिनिधिसभा बैठक

कांग्रेस सांसद गौतमले भने : ' सरकार सोचे जसरी चल्नसकेको छैन '

आइतवार , जेठ ५, २०८२

 

काठमाडौँ, जेठ । संसद्का दुई ठूला दल मिलेर सरकार बनेपनि सोचे जसरी चल्न नसकेको कांग्रेसका सांसद सञ्जय गौतमले बताएका छन् ।

संसद्का ठूला दल कांग्रेस र एमाले मिलेर गठन गरिएको सरकारले जनतामा देखिएका निराशा चिर्न नसकेको पनि उनले संसदमा ब्यक्त गरे ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै उनले जनतामा देखिएका निराशालाई लिएर सरकार र सांसद सचेत हुनुपर्ने बताए । 'यो सरकार जे सोचेर चलाउने गरी बनाईयो त्यसरी चलेको अनुभव भएको छैन,' उनले भने, 'संसद्मा जसरी जनताका समसस्या आउनुपर्ने हो त्यसरी आएको पाइँदैन ।'

'न्यायपालिकातिर पनि जनताको आशा भरोसा पैदा नभएको जस्तो लाग्छ ।' राज्यका निकायहरूले सही ढंगले काम गर्न नसक्दा समस्या उत्पन्न भएको गौतमको भनाइ थियो । उनले भने, 'जनतामा आशा र भरोसा पैदा गर्न सकेका छैनौं । '

नयाँ सोच र सम्भावना सिर्जना गर्न सकेका छैनौं ।' सांसद गौतमले मुलुकको हालत सही नभएको बताए । जनताका निराशालाई सम्बोधन गर्न लाग्नुपर्ने उनले बताए ।

त्यस्तै, बाँके र बर्दिया जिल्लालाई कर्णाली प्रदेशसँग जोड्नुपर्ने सांसद गौतमले प्रस्ताव गरेका छन् । कर्णालीका दुर्गमका जिल्लाका विकासको लागि पनि यी दुई जिल्लालाई कर्णाली प्रदेशमा लानुपर्ने उनको भनाइ थियो । हाल यी दुई जिल्ला लुम्बिनी प्रदेशमा छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार