२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

भारत- पाकिस्तान द्वन्द्व

परराष्ट्र मन्त्रालयले भन्यो : नेपाल - 'आतंकवादविरुद्धका सबै लडाइँमा उभिन्छ'

बिहिवार , बैशाख २५, २०८२

 

काठमाडौँ, बैशाख । भारत- पाकिस्तान द्वन्द्व चर्किइरहँदा परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै नेपाल सबै प्रकारका आतंकवादविरुद्ध उभिने जनाएको छ ।

पहलगाममा भएको अप्रिल २२ मा भएको आतंकवादी आक्रमणपछि बढेको दुई देशबीचको तनावले नेपाल सरकार चिन्तित रहेको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ ।

पहलगाममा घटनामा १ जना नेपाली नागरिकसहित २६ जनाको मृत्यु भएको थियो । परराष्ट्र मन्त्रालयले विज्ञप्तिमा भनेको छ, 'उक्त दुस्खद घटनामा नेपाल र भारत एकठाउँमा उभिएका थिए ।'

साथै परराष्ट्र मन्त्रालयले उक्त 'आततायी आतंकवादी आक्रमण' को तत्कालै आलोचना गरेको पनि जनाएको छ । साथै नेपालले आफ्नो भूमिबाट छिमेकी मुलुकविरुद्ध हुने कुनै पनि प्रकारका अवाञ्छनीय गतिविधि हुन नदिने जनाएको छ ।

त्यस्तै नेपालले दुई देशबीचको द्वन्द्व कम हुने आशा राख्दै यस क्षेत्रमा स्थिरता र शान्ति स्थापना हुने बताएको छ ।

mofa-nepal-.jpg
undefined

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार