२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

देशभरको मौसम पूर्वानुमान

जलवाष्पयुक्त हावाको प्रभाव : ' लुम्बिनी प्रदेशका तराईमा हुरी चल्ने '

बुधवार , बैशाख १७, २०८२

 

काठमाडौँ, वैशाख । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको पनि प्रभाव रहेको छ ।

महाशाखाले आज दिउँसो देशका पहाडी भू- भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली हुने जनाएको छ । देशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । लुम्बिनी प्रदेशका तराईका केही स्थानमा हुरी चल्न सक्ने छ ।

त्यसैगरी, आज राति देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम सफा रहने छ ।

कोशी, बागमती र गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार