२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

संविधान संशोधन बहस

अध्यक्ष दाहालले भने : संविधान संशोधन - " उपयुक्त समय भयो "

आइतवार , बैशाख ७, २०८२

 

विराटनगर, वैशाख । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ' प्रचण्ड' ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको संशोधन गर्ने उपयुक्त समय भइससेको बताएका छन ।

अध्यक्ष दाहालले संविधानको परिमार्जन र संशोधनका निम्ति गम्भीर छलफलको आवश्यकता रहेको उल्लेख गर्दै सरकारले संविधान संशोधनका लागि आवश्यक छलफल गर्नुपर्ने बताए ।

अध्यक्ष दाहालले शासकीय स्वरुप नै अहिलेको अस्थिरताको कारक भएको चर्चा गर्दै अहिलेको व्यवस्थासँग मिल्दो शासकीय स्वरुप र निर्वाचन प्रणाली हुनुपर्नेमा जोड दिए ।

उनले राजनीतिक प्रणाली र आर्थिक विकासको एकापसमा गहिरो सम्बन्ध रहने भएकाले आर्थिक नीतिबारे छलफल हुनुपर्ने जिकिर गर्दै प्रचुर प्राकृतिक रहेको बताए ।

सरकारले सेवा प्रवाह उचित ढङ्गले गर्न नसकेका कारण दल र नेताहरुप्रति जनताको निराशा बढेको अध्यक्ष दाहालको भनाइ थियो । सरकार जनताको आवश्यकता र चाहनामा केन्द्रित रहनुपर्ने उनले सुझाव दिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार