२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

नेपाली कांग्रेस 

मन्त्री पौडेलले भने : विभिन्न दलहरु - " कांग्रेसको मात्रै अर्थनीति छ "

शनिवार , चैत्र २९, २०८१

 

काठमाडौँ, चैत । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले कांग्रेस बाहेक अन्य राजनीतिक दलहरूको अर्थनीति नरहेको दाबी गरेका छन् । काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा मन्त्री पौडेलले नेपालको अर्थतन्त्रको उदारीकरण कांग्रेसले गरेको बताए ।

कांग्रेसबाहेक नेपालमा अरु राजनीतिक दलहरूले आफ्नो अर्थनीति यो हो भन्न सक्ने स्थिति नरहेको पनि उनको भनाइ छ । ' आज यो अर्थतन्त्रको उदारीकरण कांग्रेसले गरेको हो ।

आज कांग्रेसबाहेक कसैले मेरो अर्थनीति यो हो भनेर भन्ने स्थिति छैन,' उनले भने, ' कांग्रेसको जे अर्थनीति हो सबैले त्यही अंगालिरहेका छन् ।' विकासको सन्दर्भमा नेपालले थुप्रै उदाहरण प्रस्तुत गरिरहेको पनि पौडेलको भनाइ थियो ।

सामाजिक उत्तरदायित्व अन्तर्गत नेपालमा धेरै काम भएको पनि उनले बताए । समावेशिताको सन्दर्भमा नेपाल अगाडि रहेको पौडेलले उल्लेख गरे । नेपालको संसद् समावेशी रहेको बताउँदै उनले भने, ' समावेशिताको सन्दर्भमा अमेरिकाको संसद् नेपालको जस्तो छ ?

भारतको संसद् नेपालको जस्तो छ ? पछिल्लो समय नेपालमा थुप्रै उन्नति भएको पनि पौडेलले बताए । ' मातृ मृत्युदरको यो स्थिति पञ्चायत भएको भए यो बन्थ्यो ? शिशु मृत्युदर घटेको आजको स्थिति पञ्चायत भए यो बन्थ्यो ?

अन्तर्राष्ट्रिय रुपमा अरुले गर्न नसकेको उपलब्धि पनि हामीले गरेका छौँ,' उनले भने । यी उपलब्धिमा नै सन्तुष्टि हुने स्थिति भने नरहेको मन्त्री यादवले बताए । चालु खर्च घटाउन जरुरी रहेको र मितव्ययिता अपनाउन जरुरी रहेको पनि मन्त्री पौडेलको भनाइ थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार