२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

तीनकुने घटना छलफल

गृहमन्त्री लेखकले भने : तीनकुने घट्ना - " आपराधिक र विध्वंसकारी "

शुक्रवार , चैत्र २८, २०८१

 

काठमाडौँ, चैत । गृहमन्त्री रमेश लेखकले गत चैत १५ गते काठमाडौंमा भएको घटना अपराधिक र विध्वंसात्मक कार्य भएको बताएका छन् ।  प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिमा बोल्दै शुक्रबार मन्त्री लेखकले यस्तो बताएका हुन् ।

तीनकुने भएको घटनाप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै उनले आइन्दा यस्ता घटना हुन नदिन चनाखो रहेको समेत बताए ।  उनले तीनकुने घटना आपराधिक र विध्वंशकारी घटना भएकोले फौजदारी कानुनी प्रक्रियाबाट नै छानबिन हुने जिकिर गरे ।

सांसदहरुले घटनाको सत्यतथ्य छानबिन गर्न छानबिन आयोग गठन गर्न माग गरेका थिए । गृहमन्त्री लेखकले सरकारको रेगुलर क्रिमिनल जस्टिस सिस्टमले घटनाबारे कुनै आग्रह र पूर्वाग्रह नराखी निष्पक्ष छानबिन गर्ने बताए ।

सार्वजनिक सम्पत्ति लुटपाट, आगजनी र आरजकता गर्ने कार्यमा संलग्नहरुलाई पक्राउ गर्ने कार्य अझै नरोकिएको समेत उनको भनाइ छ ।

तीनकुने प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईं प्रक्राउ परेको समेत उनले समितिलाई जानकारी दिए । उनले लोकतान्त्रिक व्यवस्थामा आगो लगाएर निरंकुशताको खोजी गर्नु कुनैपनि हिसाबले उचित नहुने बताए । उनले जनतामा गएर आफ्नो कुरा राखेर निर्वाचित हुने अधिकार संविधानले सबैलाई दिएको समेत उल्लेख गरे ।

उनले भने, ' लोकतान्त्रिक व्यवस्थामा आगो लगाएर निरंकुशताको खोजीलाई हामीले जुनसुकै भाषा, जुनसुकै शब्दले पनि अगाडि बढाउने कुरा उचित हुन्छ भन्ने मलाई लाग्दैन ।'

जनतामा जाउँ आफ्नो कुरा राखौं । हामी त पाँच पाँच वर्षमा जनतामा गइराखेका छौं । हामी त जनताबाट निर्वाचित भएर आएका मानिसहरु हौं । फेरि ०८४ मा जानु छ ।

जनताले पठाएको बेला आउने हो । नपठाएको बेला आउने होइन नि ।' बैठकमा सांसदहरुले तीनकुने घट्नाको जिम्मेवार पूर्वराजा ज्ञानेन्द्र शाहलाई बनाउनु पर्ने धारणा राखेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार