२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

तीनकुने घटना  :  फरार प्रसाईं पक्राउ  - ' झापाबाट काठमाडौँ ल्याइँदै '

शुक्रवार , चैत्र २८, २०८१


काठमाडौँ, चैत । तीनकुने घटनापछि फरार भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई प्रहरी नियन्त्रणमा लिएको छ ।  उनलाई झापाको भद्रपुरबाट नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि काठमाडौँ ल्याइँदै गरिएको प्रहरीले जनाएको छ । 

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले आज एक विज्ञप्ति जारी गरी प्रसाई र उनका सहयोगी दिपक खड्कालाई पनि पक्राउ गरिएको जानकारी दिए । 
 
पूर्वराजावादीहरूले यही चैत १५ गते काठमाडौँको तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनमा सङ्लग्न रही राज्यविरुद्ध र सङ्गठित अपराधसम्बन्धी कसूर गरेको भन्दै पक्राउ गरिएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार