२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

तीनकुने घटना  :  मानव अधिकार आयोग भन्छ - ' उल्लंघनका विषय छानबिन गर्देछौ '

शनिवार , चैत्र २२, २०८१

 

काठमाडौँ, चैत । राष्ट्रिय मानव अधिकार आयोगले यही चैत १५ गते काठमाडौँको तीनकुनेलगायतका स्थानमा घटेको घटनाको छानविन जारी रहेको जनाएको छ ।

आयोगले विभिन्न टोली बनाई घटनाको अनुगमन गरी तत्काल प्राप्त भएका जानकारीका आधारमा विज्ञप्तिमार्फत आफ्नो प्रारम्भिक धारणासमेत सार्वजनिक गरिसकेको स्पष्ट पारेको छ ।

उक्त घटनाका सन्दर्भमा मानव अधिकारको अवस्था र आयोगको भूमिकाका सन्दर्भमा सामाजिक सञ्जाल र केही समाचार माध्यममा आएका टीका टिप्पणीप्रति आयोगको ध्यानाकर्षण भएको प्रवक्ता टीकाराम पोखरेलले जानकारी दिए ।

घटना घटेको दिन र त्यसपछि पनि आयोगले क्षति र मानव अधिकारको उल्लंघनका विषयलाई लिएर थप उजुरी र ज्ञापनपत्र लिएको बताएको छ ।

घटनाको गाम्भीर्यता र उजुरीसमेतलाई मध्यनजगर गरी आयोगले घटना भएकै दिनदेखि अनुसन्धान टोली परिचालन गरी छानविन अनुसन्धान गरिरहेको प्रवक्ता पोखरेलको भनाइ छ ।

आयोगका सदस्य मनोज दुवाडी सम्मिलित टोलीले नजरबन्दमा राखिएको भनिएका संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीलाई शुक्रबार भेटेको छ ।

त्यसैगरी प्रहरी हिरासतमा रहेका विभिन्न व्यक्तिको अवस्था र घटनामा परी घाइते भएकाको उपचारको अवस्था बारे पनि टोलीले विभिन्न अस्पतालमा पुगी जानकारी लिएको छ । आयोगको छानविन एवम् अनुसन्धानकार्यलाई सहयोग पुयाउन सम्बद्ध सबैलाई आग्रह गरेको प्रवक्ता पोखरेलले उल्लेख गरे । रासस

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार