२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

सङ्घीय संसद्अन्तर्गतका समिति : ' आज छ वटा समितिका बैठक '

बिहिवार , चैत्र २०, २०८१

 

काठमाडौँ, चैत । मिनी संसद्का नामले पनि परिचित सङ्घीय संसद्अन्तर्गतका विभिन्न समितिका बैठक आज हुँदैछन् ।

संसद् सचिवालयका अनुसार कानुन, न्याय तथा मानवअधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र विकास र आर्थिक मामिला तथा सुशासन समितिका बैठक बिहान ११ः०० बजे हुँदैछन् ।

त्यसैगरी, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठक भने बिहान ११ः३० बजे हुने भएको छ ।

शिक्षा समितिको बैठकमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका सम्बन्धमा युवा तथा खेलकुद मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल हुने कार्यसूची छ ।

त्यसैगरी, विकास समितिमा नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने’ विषयमा गैरसरकारी सङ्घसंस्था, नागरिक समाजलगायत सरोकार भएकाहरुसँग छलफल हुनेछ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार