२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

नेपाली कांग्रेसले भन्यो 

हिंसा र अराजकता निन्दनीय - ' शान्ति र संविधानकै मार्गबाट अघि बढौँ '

शुक्रवार , चैत्र १४, २०८१

 

काठमाडौँ, चैत । नेपाली कांग्रेसले आन्दोलनका नाममा तोडफोड, हिंसा र अराजकता जस्ता घट्नाको निन्दा गर्दै शान्ति र संविधानकै मार्गबाट अघि बढ्न आग्रह गरेको छ ।

कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गरी राजावादीहरुले गरेको हिंसात्मक घटनाको भर्त्सना गरेका छन् । संविधानप्रदत्त विरोध र शान्तिपूर्ण प्रदर्शनको अधिकारलाई नेपाली कांग्रेस सदैव सम्मान गर्दछ । 

तर आज राजधानीको तीनकुनेलगायत केही स्थानमा शान्तिपूर्ण प्रदर्शनका नाममा जेजस्तो हिंसात्मक घटना भएका छन् । त्यो अत्यन्तै निन्दनीय छ,' थापा र शर्माले भनेका छन्, ' व्यक्तिको घर, मिडिया हाउस, पार्टी कार्यालय, सपिङ मल, सरकारी कार्यालय, सर्वसाधारणको सवारी साधन आदिमा भएको तोडफोड र आगजनीलाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको छ ।'

नागरिकमा रहेका कयौं असन्तुष्टिको हल वर्तमान संविधान भित्रैबाट सभव भएको उल्लेख गर्दै कांग्रेसले नागरिकको भावना दृष्टिगत गरेर निरन्तरतामा नविनता दिन दृढ रहेको जनाएका छन् ।

लोकतन्त्रको विकल्प अझ समुन्नत लोकतन्त्र हो, कुनै पनि प्रकृतिको राजतन्त्र एक्काइसौं शताब्दीको सचेत नेपालीका लागि विकल्प किमार्थ हुन सक्दैन ।

कांग्रेसले हिंसात्मक प्रदर्शनका कारण जीवन गुमाउनेप्रति गहिरो श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको उपचारमा गम्भीरतापूर्वक ध्यान दिन सरकारलाई आग्रह गरेको छ ।

हिंसा भड्काउने र हिसामा सामेल हुने व्यक्तिहरूलाई कडा कानुनी कारबाहीको दायरामा अविलम्ब ल्याउन आग्रह गर्दछ, विज्ञप्तिमा छ ।

congress-.jpg
undefined

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार