२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

राजावादी समूहको आन्दोलन

गृह मन्त्रालयले भन्यो : दल नै सहभागी आन्दोलन - ' यो हदसम्म पुग्छ भन्ने थिएन '

शुक्रवार , चैत्र १४, २०८१

 

काठमाडौँ, चैत । गृह मन्त्रालयले राजावादी समूहको आन्दोलन यो हदसम्म जाने अनुमान नगरिएको जनाएको छ ।  मन्त्रालयमा शुक्रबार साँझ आयोजित पत्रकार सम्मेलनमा सहसचिव छविराज रिजालले एउटा राजनीतिक पार्टी संलग्न भएकोले यस्तो हदसम्म आन्दोजन जाने अनुमान नगरिएको बताएका हुन् ।

उनले भने, ' एउटा राजनीतिक दलसमेत सहभागी भएको आन्दोलन यो हदसम्म जाँदैन भन्ने अनुमान थियो ।' सहसचिव रिजालले सुरक्षाकर्मीतर्फबाट निश्चित मापदण्डअनुसार बल प्रयोग गरिएको बताए ।

कान्तीपुर दैनीक लेख्छ, ' तीनकुनेमा शुक्रबार गरिने भनिएको सभामा सहभागी हुने क्रममा राजावादी र प्रहरीबीच झडप भएको थियो । झडपका क्रममा प्रहरीले चलाएको गोली लागी एक जनाको मृत्यु भएको छ ।'

मृतकको पहिचान भइसकेको छैन् । झडपमा १५ जना प्रहरी र एक दर्जन प्रदर्शनकारी घाइते भएका सहसचिव रिजालले जनाए । तीनकुनेमा गोली लागि घाइते भएकाको त्रिवि शिक्षण अस्पतालमा लगिएकामा मृत्यु भएको अस्पताल निर्देशक प्राडा सुवास आचार्यले बताए ।

उनका अनुसार प्रहरीको समन्वयमा मृतकको पोस्टमार्टमका लागि फरेन्सिक विभागमा पठाइसकिएको छ । प्रदर्शनकारीहरुले प्रहरीको बन्दुक नै खोसेको र सांघातिक आक्रमण गरेका दृश्यहरु सामाजिक संजालमार्फत सार्वजनिक भएको थियो ।

प्रदर्शनकारीले व्यक्तिका घर, पसल, सञ्चार गृह र सरकारी सम्पत्तिमा आगजनी गरेका थिए भने कोटेश्वरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको कार्यालयमा आगजनी र कोटेश्वरस्थित भाटभटेनीमा तोडफोड र लुटपाट पनि भएको थियो ।

काठमाडौंको तीनकुनेमा प्रहरीमाथि ढुंगामुढा र निजी घरहरूमाथि तोडफोड र आक्रमणपछि शुक्रबारका लागि तय भएको राजावादीको सभा बिथोलिएको छ ।

भिन्न ठाउँबाट र्यालीसहित तीनकुने आएर सभामा परिणत हुने भनिए पनि पहिले नै भीड भड्किएको हो । नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले व्यवसायीलाई दुर्गा प्रसाईंलाई आन्दोलनमा जनपरिचालनको जिम्मा दिएको छ । उक्त आन्दोलनमा राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाको समेत साथ रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार