२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

राजावादी आन्दोलन भड्कियो : तीनकुनेमा प्रदर्शनी - ' तोडफोड र आगजनी '

शुक्रवार , चैत्र १४, २०८१

 

काठमाडौँ, चैत । आज काठमाडौंको तीनकुनेमा भएको राजावादी प्रदर्शनकारीहरुको  आन्दोलनमा घरहरू तोडफोड र आगजनी गरेका छन् ।

उपत्यकाका विभिन्न ठाउँबाट र्यालीसहित तीनकुने आएर सभामा परिणत हुने भनिए पनि पहिले नै भीड भड्किएको हो । उनीहरूले तीनकुने सडक किनारमा रहेका घरहरूको सिसा फुटाएका हुन् ।

तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि अवस्था तनावग्रस्त भएको हो । प्रदर्शनका लागि तोकिएको घेरा तोड्न प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढासमेत प्रहार गरेका छन् ।

प्रदर्शनकारीलाई रोक्न प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले व्यवसायीलाई दुर्गा प्रसाईंलाई आन्दोलनमा जनपरिचालनको जिम्मा दिएको छ । उक्त आन्दोलनमा राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाको समेत साथ रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार