२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

' मुलुकको राजनीतिक स्थायित्व र विकासमा सरकार दृढ ' : उपप्रधानमन्त्री सिंह

आइतवार , फाल्गुण २५, २०८१

 

टक्सार (भोजपुर), फागुन । उपप्रधानमन्त्री प्रकाशमान सिंहले मुलुकमा राजनीतिक स्थायित्वका लागि कांग्रेस–एमालेको सरकार गठन भएको बताएका छन । मुलुकको विकासलाई सरकारले जोड दिएको उनको कथन छ ।

भोजपुर नगरपालिका वडा नं ४ दाँवामा रहेको सिद्धेश्वर माध्यामिक विद्यालयको ७७औँ वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन ।

सहरी विकासमन्त्रीसमेत रहनुभएका उनले मुलुकको विकास निर्माण र स्थायित्वका लागि वर्तमान सरकार क्रियाशील रहेको बताएका छन । विकास निर्माणका गतिविधि निरन्तर अगाडि बढाउन वर्तमान सरकार क्रियाशील रहेको बताउँदै उपप्रधानमन्त्री सिंहले आगामी वर्षको बजेट सबै वर्ग र क्षेत्रलाई समेटेर बनाउन अर्थमन्त्रीलाई अनुरोध गर्ने बताए ।

भोजपुरको शैक्षिक उन्नयनमा उक्त विद्यालयले निर्वाह गरेको बताउँदै भूमिकाको सराहना गर्दै उनले उपलव्ध स्रोतसाधनको उचित प्रयोग गर्न शिक्षक कर्मचारीलाई आग्रह गरे ।

त्यस अवसरमा नेपाली कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठ, कोशी प्रदेशसभा सदस्य विनोद बान्तवा, पूर्वअर्थमन्त्री शङ्करप्रसाद कोइराला, जनप्रतिनिधि तथा स्थानीय गण्यमान्य व्यक्ति, अभिभावक, पूर्वविद्यार्थीलगायत सहभागी थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार