२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

आज देशभरको मौसम : '  पहाडी भू–भागमा आंशिक बदली '

आइतवार , फाल्गुण १८, २०८१

 

काठमाडौँ, फागुन  । हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । 

देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  

विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । 

साथै आज राती कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । 

आगामी २४ घण्टासम्म नेपालमा वर्षा÷हिमापत गराउने प्रणाली छैन । 

साथै मौसमसम्बन्धी अद्यावधिक जानकारी लिएर मात्र योजना बनाउन विभागले अनुरोध गरेको छ ।  

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार