२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

नेपाली कांग्रेस 

प्रवक्ता डा.महतले भने : ' कांग्रेस सामाजिक र आर्थिक क्रान्तिको अगुवा '

बुधवार , फाल्गुण ७, २०८१

 

काभ्रेपलाञ्चोक, फागुन । नेपाली कांग्रेसका प्रवक्ता एवं सांसद डा प्रकाशशरण महतले नेपाली सामाजिक र आर्थिक क्रान्तिको अगुवाई कांग्रेसले गर्दै आएको बताएका छन ।

आज नेपाल शिक्षक सङ्घ काभ्रेपलाञ्चोकको आयोजनामा बनेपामा आयोजित २३औँ जिल्ला प्रतिनिधिसभा तथा शिक्षक सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले सात दशक अघिदेखि नेपाली कांग्रेसले सामाजिक आर्थिक क्रान्तिको अगुवाइ गर्दै आएको बताए ।

सामाजिक र आर्थिक क्रान्तिको अभियानलाई राजनीतिक द्वन्द्वले केही समय अवरोध ग(यो, हैन भने २००७ सालदेखि ०१७ साल, ०४६ / २०६२/०६३ को जनआन्दोलनदेखि शान्ति स्थापना तथा संविधान जारी र कार्यान्वयनमासमेत कांग्रेसले अगुवाई गरेको छ , उनले भने ।

उनले बल प्रयोग नगरी जनताको मत जितेर सत्तामा जानुपर्ने मान्यतालाई कांग्रेसले स्थापित गरेको बताए । बिपी कोइराराले भने झैँ अहिले सत्यको मुख बन्द हुँदा झूटको थुतुनो खुल्छ भन्ने अवस्था भएकाले सत्यको मुख खोल्नुपर्ने आवश्यकता औँल्याए ।

आगामी निर्वाचन ०८४ मा कांग्रेस एक्लैले बहुमत ल्याउने उनको धारणा थियो । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यद्वय शिवप्रसाद हुमागाईं र मधुप्रसाद आचार्य, जिल्ला सभापति तीर्थ लामालगायतले शिक्षकको योगदानबारे चर्चा गरे । सो अवसरमा शैक्षिक सत्र २०८० /२०८१ मा जिल्लाका उत्कृष्ट शिक्षकलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार