२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

 ' गणतन्त्रपछि सबैको पहिचान जोगाउने अवसर प्राप्त भयो’ : मन्त्री गुरुङ

शनिवार , माघ २६, २०८१

 

काठमाडौँ, माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले गणतन्त्रको उपलब्धिका रूपमा वर्तमान संविधान जारी भएपछि सबै जातजाति र समुदायलाई आ–आफ्ना धर्मसंस्कृति, वेशभूषा र पहिचान जोगाउने अवसर प्राप्त भएको बताएका छन । 
 
बूढानीलकण्ठ नगरपालिकाद्वारा आयोजित ल्होसार/ ल्होछार/ लोसार शुभकामना आदान–प्रदान कार्यक्रममा आज उनले गणतन्त्र स्थापनापछि गठन भएको ‘ककस’ले महिला र आदिवासी जनजातिका मुद्दालाई सशक्त रूपमा ल्याएकै कारण राजनीतिक जागरण पैदा भएको बताए । 
 
मन्त्री गुरुङले भने, “सङ्घीय लोकतान्त्रिक संविधान जारी भएपछि नेपालमा सबै जातजातिले धार्मिक, भाषिक र सांस्कृतिक दृष्टिकोणबाट समान अधिकार पाएको महसुस गरिरहेका छन् ।” 

मुलुकमा १२४ वटा भाषाले राष्ट्रिय भाषाको मान्यता प्राप्त गरेपछि ती भाषाभाषीले आफ्नो पहिचान स्थापित भएको रूपमा ग्रहण गरेको उनको भनाइ थियो ।
 
नगरपालिकाका प्रमुख मीठाराम अधिकारीले सबै जातजाति र समुदायको कलासंस्कृति तथा पहिचानको संरक्षणमा स्थानीय सरकारले काम गरिरहेको बताए । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार