२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

समाजवादी मोर्चा छलफल

अध्यक्ष दाहालले भने : ' साझा धारणा लिएर संसद प्रस्तुत होऔँ '

मंगलवार , माघ १५, २०८१

 

काठमाडौँ, माघ । प्रमुख प्रतिपक्षी दलका नेता एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विपक्षी दलहरू साझा धारणा बनाएर संसद हिउँदे अधिवेशनमा प्रस्तुत हुने बताएका छन् ।

मंगलबार समाजवादी मोर्चाको विचार सभालाई सम्बोधन गर्दै सरकार अध्यादेशको बाटोबाट निरंकुशतातर्फ अघि बढ्न खोजेको आरोप लगाउँदै उनले विपक्षीहरूको दबाबले मात्र संसद अधिवेशन बोलाएको बताए ।

सदन बोलाइएन भने विशेष अधिवेशन बोलाउन बाध्य हुनेछौं भनेपछि सदन बोलाइएको छ, उनले भने, ' सदन बस्नुअघि विपक्षी दलको बैठक बसेर सामूहिक रूपमा प्रस्तुत हुनेबारे निर्णय गर्छौं ।'

उनले सरकारले सुशासनलाई कमजोर बनाउने, अर्थतन्त्र धराशयी गराउने काम गरी जनविरोधी कदम चालेको आरोप लगाए । सरकारले भ्रष्टाचारीलाई बचाउने काम गरेको छ ।

जतिसुकै अपराध गरे पनि आफ्नालाई चोख्याउने काम गरेको छ, उनको आरोप थियो, ' विरोधीलाई राजनीतिक प्रतिशोध साँध्ने काम गरेको छ ।'

उनले समाजवादी मोर्चा वामपन्थी एकताकै लागि भएको पनि बताए । हामीले नेकपा गठन गरेकै हो । पर्याप्त तयारी नहुँदा झन् निराश बनायो, उनले भने, ' अब समाजवादी मोर्चालाई सुदृढ गर्दै लैजाने हो ।'

माओवादी केन्द्र ध्रुवीकरणको पक्षमा गम्भीर छैन भन्ने सत्य होइन । हतार गरेर गर्नु हुँदैन । हतारोले दुर्घटना निम्त्याउँछ । तर त्यसका नाममा कछुवा गति पनि गर्नुहुँदैन ।'

उनले एकताको उद्देश्य राखेर मोर्चा अघि बढ्ने बताए । 'एकता र ध्रुवीकरणको तयारी गर्नुपर्छ ।' देशमा बेथिति, प्रतिगनमविरुद्ध नेतृत्व लिन सुरु गर्नुपर्छ, उनले भने, 'देशमा अग्रगामी राजनीतिको विकल्प दिने मोर्चाको प्रयास हो ।'

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार