२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

नेपाली कांग्रेस 

महामन्त्री थापाले भने : 'अहिलेका प्रधानमन्त्रीले भन्दा राम्रो गर्न सक्छु '

आइतवार , माघ १३, २०८१

 

काठमाडौँ, माघ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले यो सरकारका प्रधानमन्त्रीले गरेकोभन्दा आफूले राम्रो काम गरेर देखाउने बताएका छन् ।

भक्तपुरमा आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले भने , अहिलेका प्रधानमन्त्री, अब बन्ने प्रधानमन्त्री वा यसअघिका प्रधानमन्त्रीहरूभन्दा युवा पुस्ताबाट बन्ने प्रधानमन्त्रीले बढी राम्रो काम गरेर देखाउने बताएका हुन् ।

म अहिलेको प्रधानमन्त्री वा हुनेवाला प्रधानमन्त्री वा अस्ति भर्खर हुनुभएको प्रधानमन्त्री भन्दा हामी राम्रो प्रधानमन्त्री चलाउन सक्छौँ भन्नकुरा म अहिले पनि विश्वास गर्दछु ।

प्रधानमन्त्रीको ठाउँमा आजै बेलुका गएर हामीमध्ये कसैलाई प्रधानमन्त्री बनाउने हो भने अहिले चलाएको भन्दा राम्रो चलाउँछौँ । यति कुरा दाबाका साथ भन्नसक्छु । त्यही चलाउँछौँ भन्ने विश्वासका साथ बन्ने प्रयास पनि गरेको हो ।

म जिम्मा लिन्छु भनेर गएको पनि हो । ती प्रयासबाट आएका परिणामहरुलाई पनि स्वीकार्नुपर्छ । यो दशक अब फेरि खेर फाल्नु हुँदैन, महामन्त्री थापाले भने । महामन्त्री थापाले नेपाली नागरिकको समुन्नति अबको आवश्यकता भएको बताए ।

उनले नेपाल पहिलाको भन्दा धेरै विकसित भएको बताए । नेपालको अबको मुद्दा नेपालमै नागरिकलाई आत्मसम्मानका साथ जीविकोपार्जन गर्नसक्ने हुनुपर्ने बताए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार