२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

 " अस्थिरता मच्चाउने तत्व सक्रिय बनेका छन " : प्रधानमन्त्री ओली

 'सरकार परिवर्तन हुन्छ भन्ने हल्ला अर्थहीन '

शुक्रवार , माघ ११, २०८१

काठमाडौँ, माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तन हुन्छ भन्ने हल्ला अर्थहीन भएको बताए ।

पाल्पाको तिनाउ गाउँपालिकाको देभानस्थित प्रशासकीय भवनको शुक्रबार भर्चुअल माध्यमबाट उद्घाटन गर्दै अस्थिरता मच्चाउने तत्व सक्रिय भएको बताए ।

सरकार परिवर्तन हुन्छ भनेर अस्थिरता मच्याउने तत्वहरुले चलाएको हल्लाको पछि नलाग्नुस्, उनले भने, नेकपा (एमाले) र नेपाली कांग्रेससहितको यो सरकार २०८४ को निर्वाचनसम्म एकताबद्ध भएर पूर्व सहमति बमोजिम अघि बढ्छ ।

त्यस्तै ओलीले पाल्पाको बगनासकाली गाउँपालिकाको प्रशासकीय भवनको पनि शुक्रबार भर्चुअल रूपमा उद्घाटन गरे ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार