२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

संसद्मका बिपक्षी दल बैठक

संसद् नबोलाई सरकारले अध्यादेश ल्यायो : ' प्रतिपक्षीले सशक्त विरोध गर्ने '

बुधवार , माघ २, २०८१



काठमाडौँ, माघ । सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको प्रतिपक्षी दलहरूको बैठकले सरकारले संसद् नबोलाई अध्यादेश ल्याएकोमा सशक्त विरोध गर्ने निर्णय गरेको छ । 

सरकारले ' थ्रेसहोल्ड' बढाउने गरी कानुन संशोधन गर्न लागेको र संसद् बन्द राखेर अध्यादेशमार्फत् कानुनहरू संशोधन गरिरहेकोमा विरोधमा रहेका विपक्षी दलहरू बुधबार बिहान एकै ठाउँमा जुटेका थिए ।


माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेका अनुसार विपक्षी दलका नेताहरू सरकारले संसद् छलेर अध्यादेश ल्याएकोमा सशक्त विरोध गर्ने विषयमा एकजुट भएका छन् ।


पाण्डेका अनुसार बैठकमा संसद्मा रहेको आर्थिक उत्तरदायित्वसम्बन्धी विधेयकमाथि छलफल हुँदाहुँदै यही विधेयक अध्यादेर्शमार्फत ल्याउनु सरकार संसद्लाई कमजोर बनाउने खेलमा लागेको भन्दै छलफल भएको थियो । 

उनले भने, 'यदि सरकारले संसद् बोलाएन भने संसद्को विशेष अधिवेशन बोलाउन माग गर्ने विषयमा पनि छलफल भयो ।'

बैठकमा सरकारविरुद्ध रणनीति बनाउने नेताहरूले बताएका छन् । 

बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, रास्वपाका कार्यवाहक सभापति डिपी अर्याल, राप्रपाका बुद्धिमान तामाङ, प्रभु साह, महेन्द्रराय यादव, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरू सहभागी थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार